सुचना
महत्वपूर्ण जानकारी
कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो।यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ ।नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी. रहेको छ ।यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।
नेपालको सबैभन्दा ठूलो ताल, रारा ताल पुग्ने स्थलमार्ग एक मात्र कर्णाली राजमार्ग हो जुन यसै नगरपालिका हुँदै अगाडी बढ्दछ । विगतमा यस नगरपालिका सामाजिक, आर्थिक, विकास लगाएतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संबिधान तथा संघियता कार्यान्वयनको क्रममा केहि वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तिव्र हुदै गएको छ । नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफाइ लगाएतका क्षेत्रमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिरहेको छ ।
यस नगरपालिकावाट विशेष गरी निम्न प्राथमिकतामा कार्यक्रम सञ्चालित छन :
- प्रत्येक वडामा स्वास्थ्य सेवा इकाई विस्तार गरी सेवा सुचारु गरिएको छ ।
- यस वर्ष ६ वटा थप वडामा सुरुभई सकेको_
- गर्भवती तथा सुनौलो हजार दिनका आमालाई लक्षित गरी आयोडीन युक्त नुन,
कुखुरा चल्ला तथा तरकारीको विउ वितरण साथै सितल चिनिको विरुवा वितरण गर्ने कार्यक्रम रहेको छ ।
- स्वास्थ्य स्वयंसेविकाहरुलाई मोवाइल, छाता, झोला सहित १÷१ वटा स्ट्रेचर वितरणको कार्यक्रम रहेको छ ।
- स्थानीय जडीवुटी आफै प्रशोधन गरि आयुर्वेदिक औषधि उत्पादन र वितरण गर्ने कार्यक्रम रहेको छ ।
- जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधि तथा विभिन्न जडीवुटी युक्त चेवनप्रास वितरण गरिएको छ ।
- एक वडामा १ नर्सरी कार्यक्रम सञ्चालन गरि हरियाली प्रवर्द्नन गर्ने लक्ष्य राखिएको छ।
- कृषिमा आधुनिक प्रविधी भित्राउन अनुदानमा पावर ट्रेलर -हाते ट्रयाक्टर _ वितरण कार्यक्रम सञ्चालनमा रहेको छ ।
- यस वर्ष फलफुल खेतीलाई प्राथामिकता दिई हिउँदे फलफुल -स्याउ ,ओखर _ तथा वर्षे फलफुल -आँप, सुन्तला, कागती, टिमुर _ आदीको पकेट क्षेत्र बनाई ३०,००० भन्दा वढी विरुवा वितरण गरिने लक्ष्य लिइएको छ ।
- सिचाई पोखरी तथा सिचाई कुलो निर्माण गरी उत्पादनमा वृदी गर्ने कार्यक्रम रहेको छ ।
- वजारमा सञ्चालित मासु पसल व्यवस्थित गर्ने विभिन्न उपकरणहरु अनुदानमा दिइएको छ ।
- अनुदानमा कुखुराको चल्ला वितरण तथा उन्नत जातका वोयर वोका तथा जर्सी वहर र मुर्रा क्रस राँगो वितरण कार्यक्रम रहेको छ ।
- नागरिकलाई स्वच्छ खानेपानी सेवा प्रदान गर्न खानेपानी ट्याङ्की, पाइपलाइन तथा धारा मर्मत सुधार गर्ने कार्यक्रम रहेको छ ।
- शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नको लागि शैक्षिक योजना निर्माण तथा शिक्षक व्यवस्थापन तथा अन्य अनुदानको कार्यक्रम लागु गरिएको छ ।
- प्रत्येक वडाको केन्द्र जोड्ने सडक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको छ ।
- पर्यटन विकासको लागि रारा गन्तव्य वनाई आउने पर्यटकहरुलाई कम्तिमा एक दिन यस नगरपालिका वस्ने व्यवस्था गर्ने यस क्षेत्रका महत्वपुर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि क्षेत्रलाई व्यवस्थित गर्ने कार्यक्रम अगाडी वढाइएको छ ।