FAQs Complain Problems

तिला र कर्णाली नदिकाे दाेभान

Read More

कृषि

Read More

नगरपालिकाबाट देखिने कर्णाली नदीकाे दृश्य

Read More

धार्मिक मेला खाँडाचक्र ५

Read More

चुलिमालिका पर्यटकीय स्थल

Read More

नगर सभामा

Read More

खाँडाचक्र नगरपालिकाकाे संक्षिप्त परिचय

कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ । नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी.  रहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।

Pages

महत्वपूर्ण जानकारी

   कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो।यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ ।नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी.  रहेको छ ।यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।

नेपालको सबैभन्दा ठूलो ताल, रारा ताल पुग्ने स्थलमार्ग एक मात्र कर्णाली राजमार्ग हो जुन यसै नगरपालिका हुँदै अगाडी बढ्दछ । विगतमा यस नगरपालिका सामाजिक, आर्थिक, विकास लगाएतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संबिधान तथा संघियता कार्यान्वयनको क्रममा केहि वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तिव्र हुदै गएको छ । नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफा लगाएतका क्षेत्रमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिरहेको छ ।

यस नगरपालिकावाट विशेष गरी निम्न प्राथमिकतामा कार्यक्रम सञ्चालित छन  :

  • प्रत्येक वडामा स्वास्थ्य सेवा इकाई विस्तार गरी सेवा सुचारु गरिएको छ ,
  • जेष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधि तथा विभिन्न जडीवुटी युक्त  चेवनप्रास वितरण गरिएको छ ।
  • एक वडामा १ नर्सरी कार्यक्रम सञ्चालन गरि हरियाली प्रवर्द्नन गर्ने लक्ष्य राखिएको छ।
  • कृषिमा आधुनिक प्रविधी भित्राउन अनुदानमा पावर ट्रेलर -हाते ट्रयाक्टर _ वितरण कार्यक्रम सञ्चालनमा रहेको छ ।
  • सिचाई पोखरी तथा सिचाई कुलो निर्माण गरी उत्पादनमा वृदी गर्ने कार्यक्रम रहेको छ ।
  • प्रत्येक वडाको केन्द्र जोड्ने सडक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको छ ।
  • पर्यटन विकासको लागि रारा गन्तव्य वनाई आउने पर्यटकहरुलाई कम्तिमा एक दिन यस नगरपालिका वस्ने व्यवस्था गर्ने यस क्षेत्रका महत्वपुर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि क्षेत्रलाई व्यवस्थित गर्ने कार्यक्रम अगाडी वढाइएको छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
फोन:
9867956232
नगर उप प्रमुख
फोन:
9848302527

कर्मचारी

नि‍.प्रमुख प्रशासकीय अधिकृत
फोन:
9868390218
शिक्षा शाखा प्रमुख
फोन:
9848301753
सूचना तथा संचार प्रविधि अधिकृत
फोन:
9844843082
लेखापाल
फोन:
9858391627

सेवाहरु

सम्वन्ध विच्छेद

सम्वन्ध  विच्छेदक दुबै स्वयम उपस्थित हुन पर्ने छ । 

सेवा प्रकार:

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानिय पञ्जिकाधिकारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय सवै

सेवा शुल्क: 

सम्वन्ध विच्छेद भएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०

आवश्यक कागजातहरु: 

१. संयूक्त निवेदन
२.अदालतबाट सम्वन्ध विच्छेद गरेको फैसला कागज
३. नगरिकताको प्रमाण पत्रको प्रतिलिपि / मतदाता नामावलीको प्रतिलिपि

प्रक्रिया: 

सम्वन्ध विच्छेदक स्वयम उपस्थित हुन अनिवार्य मानिन्छ ।

नमुना फाराम तथा अन्य: 

सम्बन्धविच्छेद दर्ता फारम.pdf

विवाह दर्ता

विवाह दर्ताको नमुना फारम तथा अावश्यक कागजातहरु र  प्रकृयाहरु

सेवा प्रकार:

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानिय पञ्जिकाधिकारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय सवै

सेवा शुल्क: 

विवाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०

आवश्यक कागजातहरु: 

१. दुलाह दुलहीको सँयूक्त निवेदन
२. दुलाह दुलहीको नागरीकताको प्रमाण पत्रको प्रतिलिपि / जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३‍.सूचना फारम भर्ने

प्रक्रिया: 

दुलाह -दुलही स्वयम उपस्थिति अनिवार्य हुन पर्ने छ ।

नमुना फाराम तथा अन्य: 

विवाह दर्ता फारम.pdf

जन्मदर्ता

जन्म दर्ता सूचना फारम 

सेवा प्रकार:

लाग्ने समय: 

१ घण्टा

जिम्मेवार अधिकारी: 

स्थानिय पञ्जिकाधिकारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय सवै

सेवा शुल्क: 

जन्मेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०

आवश्यक कागजातहरु: 

१. आमा, वुवा र सूचकको नेपालि नागरीकता प्रमाणपत्रको प्रतिलिपि एक-एक प्रति

प्रक्रिया: 

१. पञ्जिकाधिकारी लार्इ जन्म दर्ता गरी पाउँ भनि निवेदन ।
२. जन्म दर्ताको सूचना फारम भरी पन्जिकाधिकारी समक्ष बुझाउने ।
३. जन्मदर्ताको प्रमाण पत्र बुझी लिने ।

नमुना फाराम तथा अन्य: 

जन्म दर्ता फारम_2.pdf

बसाइसराई

बसाईसराई सूचना फारमको नमुना

सेवा प्रकार:

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानिय पञ्जिकाधिकारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय सवै

सेवा शुल्क: 

बसार्इ सरी अाएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क अन्यथा ५० रुपैँया मात्र तर सरेर वाहिर जाँदा पैषा लाग्दैन

आवश्यक कागजातहरु: 

१. निवेदन २.सूचना फारम भर्ने ३.सूचकको नागरीकताको प्रतिलिपि

नमुना फाराम तथा अन्य: 

बसाईसराई दर्ता फारम.pdf

 

मृत्यु दर्ता

मृतु दर्ताको सूचना फारमको नमुना

सेवा प्रकार:

लाग्ने समय: 

१५ मिनेट

जिम्मेवार अधिकारी: 

स्थानिय पञ्जिकाधिकारी

सेवा दिने कार्यालय: 

वडा कार्यालय सवै

सेवा शुल्क: 

मृतु भएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०

आवश्यक कागजातहरु: 

१. हकवालाको निवेदन
२.सूचना फारम भर्ने
३. हकवालाको र मृतकको नगरीकता प्रमाण पत्रको प्रतिलिपि/मतादाता नामावली
४.भत्ता पाउने गरेको भए सम्वन्धित भत्तापाउनेको परिचय पत्रको प्रतिलिपि

नमुना फाराम तथा अन्य: 

मृत्यु दर्ता फारम.pdf