सुचना
वडा कार्यालय १
धर्मराज टमट्टा शारदा शाहा
वडा अध्यक्ष वडा सचिव
सम्पर्क नं. ९८४८३०१२३५ सम्पर्क नं.
कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म गाविस तथा वदालकोट गाविसको वडा नं. १, लाई समेत समेटिएको छ । नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी. रहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।