महत्त्वपुर्ण ब्लकहरु

नेपाल सरकारको पोर्टलःwww.nepal.gov.np

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमःhttp:www.lgcdp.gov.np

राष्ट्रिय पुननिर्माण प्राधिकरणःhttp:www.nra.gov.np

गाउँपालीका,नगरपालीका तथा विशेष ,संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमा निर्धारण आयोगःwww.llrc.gov.np

राष्ट्रिय योजना आयोगःwww.npc.gov.np/en

सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालयःwww.mafaga.gov.np

केन्द्रीय पन्जिकरण विभागःwww.docr.gov.np

नेपाल राजपत्रःwww.rajpatra.dop.gov.np

कर्णाली प्रदेश पोर्टलःwww.karnali.gov.np

कर्णाली प्रदेशका मुख्य वेबसाईटहः

खाँडाचक्र नगरपालिका

                 कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ । यस नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ । यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी. रहेको छ । नेपालको सबैभन्दा ठूलो ताल, रारा ताल पुग्ने स्थलमार्ग एक मात्र कर्णाली राजमार्ग हो जुन यसै नगरपालिका हुँदै अगाडी बढ्दछ ।

                  विगतमा यस नगरपालिका सामाजिक, आर्थिक, विकास लगाएतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संबिधान तथा संघियता कार्यान्वयनको क्रममा केहि वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तिव्र हुदै गएको छ । नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफाइ लगाएतका क्षेत्रमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिरहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।